ब्याजदर घटे पनि बढेन कर्जा, सुध्रिएन आन्तरिक अर्थतन्त्र


  • Himalayan Bank Limited (HBL)
ब्याजदर घटे पनि बढेन कर्जा, सुध्रिएन आन्तरिक अर्थतन्त्र

२२ चैत, काठमाडौं । घटेको ब्याजदरमा पनि निजी क्षेत्रमा प्रवाह हुने कर्जामा अपेक्षाकृत सुधार भएको छैन भने आयात तथा निर्यातमा संकुचन कायमै देखिन्छ ।

कर्जा बढ्न नसक्ने र आयात समेत घटेको तथ्यांकले आन्तरिक अर्थतन्त्रमा शिथिलता बढ्दै गएको देखिएको छ ।

वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर एक वर्षमै २.२५ प्रतिशत बिन्दुले घटेको छ । २०७९ असार मसान्तमा १३.०३ प्रतिशत बिन्दुमा पुगेको वाणिज्य बैंक कर्जाको भारित औसत ब्याजदर २०८० फागुन मसान्त आउँदा १०.७८ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।

Read More