अर्थमन्त्रीद्वारा आगामी बजेटबारे सबै मन्त्रालयका सचिव र सुरक्षा प्रमुखसँग सामूहिक छलफल


  • Himalayan Bank Limited (HBL)
अर्थमन्त्रीद्वारा आगामी बजेटबारे सबै मन्त्रालयका सचिव र सुरक्षा प्रमुखसँग सामूहिक छलफल

अर्थमन्त्री वर्षमान पुन अनन्तले सबै मन्त्रालयका सचिवसहित सुरक्षा निकायका प्रमुखहरुसँग चालु आर्थिक वर्षको बजेट कार्यान्वयन तथा आगामी आर्थिक वर्षको बजेट निर्माणका विषयमा छलफल गरेका छन्।

बिहीबार अर्थ मन्त्रालयमा बोलाएर मन्त्री पुनले अधिकांश बजेट कार्यान्वयन गर्ने मन्त्रालय र निकायसँग अन्तरक्रिया गरेका हुन्।

सचिवहरु तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षकको सुझाव सुनेपछि सबैको अपनत्व हुने गरी आगामी वर्षको बजेट निर्माण हुने बताए। ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयबाहेकका मन्त्रालयको पूँजीगत खर्च ४० प्रतिशतभन्दा तल रहेको तथ्याङ्क प्रस्तुत गर्दै उनले खर्च क्षमता बढाउनुपर्नेमा जोड दिए। पूँजीगत खर्च कम हुनुमा खर्च गर्ने क्षमता कमजोर हुनु मात्र नभई बजेट विनियोजन कुशलताको अभावलाई पनि उनले कारणका रुपमा औंल्याए। ‘तर योपटक त्यस्तो हुँदैन। खर्च हुने आयोजनामा मात्र बजेट विनियोजन गर्ने सोचमा अर्थ मन्त्रालय छ’, मन्त्री पुनले भने, ‘आफैंले राखेका योजना कार्यान्वयन गर्न सकिँदैन भने त्यस्ता अवस्तुगत योजनाले आगामी बजेटमा निरन्तरता पाउन सक्दैनन्।’

Read More