भारतमा आज मौद्रिक नीति सार्वजनिक हुँदै, ब्याजदरमा परिवर्तन नहुने अपेक्षा


  • Himalayan Bank Limited (HBL)
भारतमा आज मौद्रिक नीति सार्वजनिक हुँदै, ब्याजदरमा परिवर्तन नहुने अपेक्षा

छिमेकी मुलुक भारतमा आज आर्थिक वर्ष २०२५ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

भारतमा हरेक दुई दुई महिनामा मौद्रिक नीतिको समीक्षा हुने गरेकोमा आज आव २०२५ का लागि पहिलो नीति घोषणा कार्यक्रम रहेको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाको (आरबिआई) ६ सदस्यीय मौद्रिक नीति समितिले त्यहाँको मौद्रिक नीतिको तयार पार्ने कार्य गर्दछ । त्यसका लागि अप्रिल ३ तारिखदेखि समितिको बैठक बसिरहेको थियो । सोही बैठकको निर्णयहरु आज बिहान १० बजे आरबिआईका गभर्नर तथा समितिका अध्यक्ष शक्तिकान्त दासले सार्वजनिक गर्न लागेका हुन् ।

Read More