लगानी सम्मेलनको औचित्य


  • Himalayan Bank Limited (HBL)
लगानी सम्मेलनको औचित्य

विदेशी लगानी भित्र्याएर पूर्वाधार विकास गर्ने लक्ष्यका साथ नेपाल सरकारले दुईवटा लगानी सम्मेलन आयोजना गरिसकेको छ। यी दुई सम्मेलनकै आधारमा तेस्रो लगानीको तयारी तीव्र भइरहँदा लगानी बोर्ड र नेपाल सरकार केही प्रश्नले घेरिएका छन्। पहिलो सम्मेलनमा करिब १४ खर्ब र दोस्रोमा करिब ३२ खर्ब रुपैयाँको विदेशी लगानी प्रतिबद्धता आएको थियो। तर, सम्मेलनमा भएका प्रतिबद्धता अनुरूप लगानी आउन सकेन। के कारणले प्रतिबद्धता व्यक्त भएको लगानी भित्रिन सकेन, हामीले पहल गर्न सकेनौं वा प्रतिबद्धता मात्र औपचारिकतामा सीमित भयो ? यसअघिका सम्मेलनबाट प्राप्त प्रतिबद्धता अनुरूप लगानी नआउँदा लगानी सम्मेलनको औचित्यमाथि नै प्रश्न उठेको हो।

Read More