विराटनगर — कांग्रेस नेता डा. शेखर कोइरालाले बैंक, उद्योग, व्यापार र बीमा कम्पनी एकै व्यक्तिले होल्ड गर्दा मुलुकमा आर्थिक अस्थिरता सिर्जना भएको बताएका छन् ।
मोरङ उद्योग व्यापार संघको ६७ औं वार्षिक साधारणसभाको बिहीबार उद्घाटन गर्दै बैंक, उद्योग, व्यापार र बीमा कम्पनीमा एकै व्यक्तिको लगानी रहेसम्म मुलुकको आर्थिक अवस्थामा सुधार नआउने कोइरालाको दाबी थियो ।


