२२ चैत, काठमाडौं । नेपालमा अवैध मानिने क्रिप्टोकरेन्सीबाट कारोबार गरेको आरोप प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्याङ्जाको चापाकोट नगरपालिका–८ घर भई काठमाडौं टोखा बस्ने ५४ वर्षीय शनि भण्डारी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार बिहान टोखाबाट पक्राउ गरेको हो ।



