ऊर्जासम्बन्धी चार परियोजनामा ९९ अर्ब १८ करोड लगानी स्वीकृत


  • Himalayan Bank Limited (HBL)
ऊर्जासम्बन्धी चार परियोजनामा ९९ अर्ब १८ करोड लगानी स्वीकृत

ऊर्जा सम्बन्धी विभिन्न चार वटा परियोजनामा ९९ अर्ब १८ करोड लगानी स्वीकृत भएको छ। 

लगानी बोर्डको ५७औं बैठकले सुपर तमोर जलविद्युत परियोजना, अपर मोदी ए जलविद्युत परियोजना, कोहलपुर बाणगंगा सौर्य ऊर्जा परियोजना र तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत परियोजनामा लगानी स्वीकृत गरेको हो।

यी परियोजनामध्ये २५० मेगावाटको सौर्य ऊर्जा परियोजना र तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत परियोजना विदेशी लगानीका परियोजना हुन्। 

१६६ मेगावाटको सुपर तमोरका लागि ३४ अर्ब ५९ करोड लागत अनुमान छ। ४२ मेगावाटको अपर मोदी ए मा १० अर्ब आठ करोड लागत अनुमान गरिएको छ। 

Read More