स्वदेशी र विदेशी लगानी परिचालनका लागि प्रतिबद्धताअनुरुप कानुन संशोधनलाई प्राथमिकता दिएका छौं : प्रधानमन्त्री

  • Himalayan Bank Limited (HBL)
स्वदेशी र विदेशी लगानी परिचालनका लागि प्रतिबद्धताअनुरुप कानुन संशोधनलाई प्राथमिकता दिएका छौं : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबद्धताअनुरुप लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका छन् । लगानी बोर्डको ५७औं बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको पूर्वाधार तथा सेवा क्षेत्रमा स्वदेशी र विदेशी लगानी परिचालनका लागि कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका हुन् । उनले लगानीकर्ताले थाहा पाउनेगरी नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश प्रवाह हुनुपर्नेमा जोड दिए ।  

Read More