काठमाडौं । दोस्रो त्रैमासमा आर्थिक वृद्धिदर ४ प्रतिशत रहने अनुमान गरिएकाे छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमास अर्थात कात्तिक, मंसिर र पुसमा आर्थिक वृद्धिदरमा सुधार देखिएको हो ।
गएको आर्थिक वर्षको दोस्रो त्रैमासमा आर्थिक वृद्धिदर १.१ प्रतिशतले ऋणात्मक थियो भने चालु वर्षको पहिलो त्रैमास अर्थात साउन, भदौ र असोजमा ३.२ प्रतिशतको वृद्धिदर थियो । अर्थतन्त्रमा सबभन्दा ठूलो हिस्सा रहेको व्यापार क्षेत्रको वृद्धिदर कम र उत्पादनमूलक उद्योग क्षेत्रको वृद्धिदर ऋणात्मक भए पनि समग्र वृद्धिदर ४ प्रतिशतको पुग्ने देखिएको तथ्याङ्क कार्यालयको प्रारम्भिक प्रक्षेपण छ ।



