वासिङ्टन डीसी : विश्व बैंकले सन् २०२४ मा दक्षिण एसियाको औसत आर्थिक वृद्धि दर ६ प्रतिशत रहने अनुमान गरेको छ । मंगलबार जारी गरिएको पछिल्लो अपडेटमा सन् २३–२४ मा भारतको उत्पादन वृद्धि ७.५ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ ।
विश्व बैंकको प्रतिवेदनले दिगो विकासलाई कमजोर पार्ने खतरा रहेको र यस क्षेत्रको रोजगारी सिर्जना गर्ने र जलवायु सन्तुलन प्रतिक्रियामा बाधा पुग्न सक्ने औंल्याएको छ । दक्षिण एसियाका लागि बैंकका उपाध्यक्ष मार्टिन रेजरले “छोटो अवधिमा दक्षिण एसियाको वृद्धिको सम्भावना उज्ज्वल रहेको तर कमजोर वित्तीय स्थिति र बढ्दो जलवायु प्रभावले समस्या हुन सक्ने” बताएका छन् ।



