काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले संसदीय छानविन समिति गठन गर्न ढिलाई हुँदा त्यसको औचित्य झन् पुष्टि हुँदै गएको बताएका छन्। बुधबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सहकारी प्रकरणमा गृहमन्त्रीमाथि छानविन गर्न कांग्रेसले लगातार संसदीय समिति गठनको माग राख्दा पनि त्यसलाई बेवास्ता गर्नुले छानविनको औचित्य पुष्टि हुँदै गएको बताए।


