नक्कली म्यानपावर कम्पनी खडा गरेर ५३ लाख ठगी, १७५ जनाबाट रकम असुलेर फरार


  • Himalayan Bank Limited (HBL)
नक्कली म्यानपावर कम्पनी खडा गरेर ५३ लाख ठगी, १७५ जनाबाट रकम असुलेर फरार

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै १७५ जनाबाट रकम असुल गरेर एक व्यक्ति सम्पर्कबिहिन भएका छन् । उपेन्द्र लिम्बु नाम गरेका व्यक्तिले १७५ जनाबाट कुल ५३ लाख रुपैयाँ लिएर फरार भएका हुन् । 

उनले फेक म्यानपावर कम्पनी खडा  गरेर १७५ जनालाई ठगेको पाईएको हो। कोटेश्वरमा 'जनता म्यानपावर’ नामको कार्यलय खोलेर १७५ जनाबाट जनही ३१ हजारका दरले रकम उठाएर लिम्बु फरार भएको बिजपाटीको सम्पर्कमा आएका पीडितले बताए । वैदेशिक रोजगार विभागको वेबसाइटमा जनता म्यानपावर नामको कुनै पनि कम्पनी दर्ता भएको देखिदैन । 

Read More