अम्बानीलाई टक्कर दिँदै अडानी, १ वर्षमै कमाए ३६.८ अर्ब डलर !


  • Himalayan Bank Limited (HBL)
अम्बानीलाई टक्कर दिँदै अडानी, १ वर्षमै कमाए ३६.८ अर्ब डलर !

काठमाडौँ । भारतीय अर्बपति गौतम अडानीको सम्पत्ति एक वर्षमै ३६ अर्ब डलरले बढेको छ । पछिल्लो रिपोर्टअनुसार अडानीको सम्पत्ति एक वर्षमै ३६.८ अर्ब डलर बढेको हो ।

योसँगै अडानी भारतको सबैभन्दा धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा रहेका छन् । अडानीको कुल नेटवर्थ ८४ अर्ब डलर रहेको छ ।

फोर्ब्सका अनुसार हाल भारतमा सबैभन्दा धनी व्यक्तिको पहिलो सूचीमा मुकेश अम्बानी रहेका छन् । हाल अम्बानीको कुल नेटवर्थ ११६ अर्ब डलर रहेको छ ।

Read More