सर्वोत्तम सिमेन्टले लाभांश घोषणा गरेको छ । कम्पनीको आज चैत्र २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले कुल ६९ करोड ७५ लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।


