बैंकहरुको मुद्दति निक्षेपमा साढे ३ अर्ब लगानी गर्दै वैदेशिक रोजगार विभाग


  • Himalayan Bank Limited (HBL)
बैंकहरुको मुद्दति निक्षेपमा साढे ३ अर्ब लगानी गर्दै वैदेशिक रोजगार विभाग

वैदेशिक रोजगार विभागले बैंकहरुको मुद्दति निक्षेपमा साढे ३ अर्ब लगानी गर्ने भएको छ। विभागले सूचना जारी गर्दै ३ अर्ब ५३ करोड रुपैयाँ वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने जानकारी गराएको हो ।

विभागले यसअघि धरौटीबापतको उक्त रकम वाणिज्य बैंकहरुमा १ वर्षका लागि मुद्दति निक्षेपका रुपमा राखेको थियो। यो मुद्दति निक्षेपको परिपक्व अवधि २०८१ वैशाख ५ गतेबाट सकिँदैछ।

Read More