अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ५ महिनाकै उच्च विन्दुबाट थप उकालो लाग्दै


  • Himalayan Bank Limited (HBL)
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ५ महिनाकै उच्च विन्दुबाट थप उकालो लाग्दै

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा सोमबार ५ महिनाकै उच्च विन्दुमा बन्द भएको कच्चा तेलको भाउ मंगलबार थप उकालो लागेको छ । सोमबार अन्तर्राष्ट्रिय बेन्चमार्क ‘ब्रेन्ट क्रुड’ विगत ५ महिनाकै उच्च प्रतिब्यारेल ८७.४२ डलरमा बन्द भएको थियो । मंगलबारको सुरुवाती एसियाली कारोबारमा भाउ थप ०.५८ डलरले बढेर प्रतिब्यारेल ८८ डलरमा पुगेको छ ।

यता, अमेरिकी बेन्चमार्क ‘डब्लुटीआई क्रुड’ पनि सोमबार गत अक्टोबर २७ यताकै उच्च विन्दु प्रतिब्यारेल ८३.७१ डलरमा बन्द भएको थियो । मंगलबार सुरुवाती ट्रेडिङमा यसको भाउ थप ०.५८ डलरले बढेर ८४.२९ डलरमा कारोबार भइरहेको छ । तेलको भाउ ५ महिनायताकै उच्च विन्दुमा पुर्याउने विभिन्न कारणहरु देखिएका छन् । विशेषगरी, अमेरिका र चीनको अर्थतन्त्रको तथ्यांकले तेलको भाउ बढाउन मद्दत गरेको छ । 

Read More