काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष २०८१/८१ मा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै बैंकले यस्तो प्रक्षेपण सार्वजनिक गरिएको हो ।
विश्व बैंकले यसअघि गरेको प्रक्षेपण घटाएको छ । गत जनवरीमा विश्व बैंकले नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । अहिले त्यसमा केही घटाएको हो ।



