कुनै पनि बैंक तथा वित्तीय संस्थामा एक प्रतिशतभन्दा बढी सेयर भएका व्यक्तिले आफू आबद्ध मात्र होइन, अन्य बैंक वा वित्तीय संस्थाबाट पनि व्यक्तिगत बाहेक व्यावसायिक ऋण लिन नपाउने व्यवस्था लागू गर्न प्रस्ताव गरिएको छ।
संसदमा पेस गरिएको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधनमा यस्तो प्रस्ताव गरिएको हो।
बाफियाको दफा ५२ मा 'बैंक तथा वित्तीय संस्थाले आफू सम्बद्ध व्यक्ति वा कुनै बैंकमा उल्लेख्य स्वामित्व भएको व्यक्तिलाई कुनै किसिमको कर्जा वा सुविधा प्रदान गर्न पाउने छैन' भन्ने प्रस्ताव गरिएको छ।





