काठमाडौं । लघुबीमा व्यवसाय गर्न स्थापना भएका लघुविमा कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी थालेका छन् । सञ्चालनमा रहेका सात लघुबीमा कम्पनीमध्ये ५ ओटाले आईपीओ निष्कासन गर्ने प्रस्ताव वार्षिक साधारण सभाबाट धमाधम पारित गरेका छन् ।
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले चैत ५ गते सम्पन्न वार्षिक साधारण सभाबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । त्यस्तै, स्टार माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले फागुन २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेका हुन् ।





