बंगलादेशको सेयर बजार सुधारका लागि विज्ञले दिए यस्तो सुझाव


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बंगलादेशको सेयर बजार सुधारका लागि विज्ञले दिए यस्तो सुझाव

काठमाडौं : बंगलादेशका पुँजी बजार विज्ञहरुले सेयर बजार सुधारका लागि सही र समयमै वित्तीय प्रतिवेदन सार्वजनिक गर्न सुझाव दिएका छन् । पुँजी बजारमा कम्पनीको प्रतिष्ठा र कम्पनीको अवस्था झल्काउने भएकाले विज्ञहरुले सही र समयमै वित्तीय विवरण सार्वजनिक गर्न सुझाव दिएको बंगलादेशी पत्रिका ‘ढाका ट्रिब्युन’ ले उल्लेख गरेको छ ।

ढाका स्टक एक्सचेन्जले आयोजना गरेको एक कार्यक्रममा बोल्दै विज्ञहरुले प्रभावकारी पुँजी बजारको एक प्रमुख सर्त वित्तीय प्रतिवेदनको पारदर्शिता र समयसापेक्ष खुलासा रहेको बताएका छन् । 

Read More