१९ चैत, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को ८ महिनामा नेपालमा काम गर्ने उद्देश्यले ५८९ जनाले श्रम स्वीकृति लिएका छन् ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांक अनुसार फागुनसम्म सो संख्यामा विदेशी नागरिकले श्रम स्वीकृति लिएका हुन् ।
फागुन महिनामा मात्र २९ जनाले श्रम स्वीकृति लिएका छन् । फागुनसम्म गैरनेपाली नागरिकको श्रम स्वीकृति नवीकरणको संख्या ८५० पुगेको छ । फागुनमा मात्र ६३ जना विदेशी कामको नेपालमा श्रम स्वीकृति नवीकरण भएको थियो ।



