जीवन बीमा कम्पनीहरुको शाखा कार्यलयहरुको संख्या उल्लेख्य रुपमा बन्द भएको पाइएको छ । पछिल्लो एक वर्षमा जीवन बीमकको ३६५ वटा शाखा बन्द भएको नेपाल बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ।
प्राधिकरणको तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जीवन बीमा कम्पनीको शाखाहरु घटेर १ हजार ८४१ वटामा सिमित भएका छन् । गत आवको सोहि अवधिमा कम्पनीहरुको यस्तो शाखा कार्यलयहरु २ हजार २०६ वटा रहेका थिए ।


