विदेशी लगानीमा सञ्चालित जलविद्युत् आयोजनाबाट लाभांश लैजान कति सहज ?


  • Himalayan Bank Limited (HBL)
विदेशी लगानीमा सञ्चालित जलविद्युत् आयोजनाबाट लाभांश लैजान कति सहज ?

काठमाडौँ । सरकार यतिबेला तेस्रो लगानी सम्मेलनको अन्तिम तयारीमा छ । यसअघिका दुई सम्मेलनबाट सोचेअनुरूप प्रतिफल नआएको निष्कर्ष निकाल्दै आउँदो वैशाख १६ र १७ मा लगानी सम्मेलनको सबैजसो तयारी अन्तिम चरणमा छन् । सरकारका गतिविधि हेर्दा सो सम्मेलनमा सबैभन्दा धेरै प्राथमिकता जलविद्युत क्षेत्रले पाउँदैछ ।

यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी १२ वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य लिएको छ । मन्त्री शक्तिबहादुर बस्नेत आगामी १२ वर्षमा सो लक्ष्य भेट्टाउन सम्भव रहेको र लगानी भित्र्याउन समेत समस्या नहुने बताउँदै आएका छन् । उनले रातोपाटीसँगको कुराकानीका क्रममा समेत यो लक्ष्य भेट्टाउन चाहिने ४० खर्ब रुपैयाँभन्दा बढीको लगानी सहजरुपमा नै ल्याउन सकिने बताएका थिए ।

Read More