मार्चमा २८ दशमलव ९ प्रतिशतले बढे विदेशी पर्यटक


  • Himalayan Bank Limited (HBL)
मार्चमा २८ दशमलव ९ प्रतिशतले बढे विदेशी पर्यटक

काठमाडौं । यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८ दशमलव ९ प्रतिशतले बढेका छन् । नेपाल पर्यटक बोर्डका अनुसार गत वर्षको मार्च महीनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्या २८ हजार ७४१ ले वृद्धि भएको हो । 

गत वर्षको मार्चमा कुल ९९ हजार ४२६ विदेशी पर्यटक नेपाल भित्रिएकोमा यस वर्षको सोही अवधिमा १ लाख २८ हजार १६७ पर्यटक नेपाल आएका छन् । 

मार्चमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् । भारतबाट सो अवधिमा ३० हजार ६९८ पर्यटक नेपाल आएका छन् । चिनियाँ पर्यटकको सङ्ख्या भने १२ हजार ९३ छ । 

Read More