आयात–निर्यात हुने बिजुलीको युनिट दर तोकियो


  • Himalayan Bank Limited (HBL)
आयात–निर्यात हुने बिजुलीको युनिट दर तोकियो

काठमाडौँ — नेपाल–भारत विद्युत् आदानप्रदान समिति (पावर एक्सचेञ्ज कमिटी–पीईसी) बैठकले प्रसारणलाइनको संरचनाअनुसार आयात–निर्यात हुने बिजुलीको प्रतियुनिट दर तोकेको छ । यो मूल्य इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड र रियल मार्केटको तुलनामा सस्तो हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

मार्च ११ मा बसेको बैठकले सन् २०२४ को १३२ केभी प्रसारण लाइनमार्फत हुने बिजुली आदानप्रदानको मूल्य प्रतियुनिट ७.९८ भारु (१२ रुपैयाँ ७७ पैसा) तोकेको हो । उक्त मूल्य इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को तुलनामा सस्तो पर्ने प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए । ‘आईएक्समा बिजुलीको मूल्य महँगो हुँदै छ । त्यसैले आईएक्सको तुलनामा यो सस्तो हो,’ उनले भने । चाहिएका बेला मात्र बिजुली आयात गरिने भएकाले यो मूल्य अहिलेको भारतीय बजारबाट लिइरहेको भन्दा सस्तो रहेको उनको भनाइ छ ।

Read More