सामाजिक सुरक्षामा साढे ५२ अर्ब रकम


  • Himalayan Bank Limited (HBL)
सामाजिक सुरक्षामा साढे ५२ अर्ब रकम

काठमाडौं– सामाजिक सुरक्षा योजनाअन्तर्गत ५२ अर्ब ५१ करोड रुपैयाँ संकलन भएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअन्तर्गत विभिन्न क्षेत्रका १२ लाख ४२ हजार श्रमिकको योगदानबाट सो रकम संकलन भएको हो । यसरी संकलन भएको मध्ये ८ अर्ब ४० करोड ६६ लाख रुपैयाँ श्रमिकका नाममा दाबी भुक्तानी भएको छ । योजनामा सूचिकृत भएकामध्ये ७ लाख ५२ हजार वैदेशिक रोजगारीमा रहेका श्रमिक रहेका छन् ।

सामाजिक सुरक्षा कोषले योगदानकर्ता श्रमिकबाट संकलन गरेको ५२ अर्ब ५१ करोडमध्ये विभिन्न ४ योजनाअन्तर्गत ८ अर्ब ४० करोड रुपैयाँ बराबरको योगदान रकम भुक्तानी गरेको हो । कोषका सह–प्रवक्ता रोहित रेग्मीले कोष संकलन भएको रकममध्ये विभिन्न ४ योजनाअन्तर्गत आएका दाबी अनुसार रकम भुक्तानी भएको बताए । कोषले हाल सबैभन्दा बढी अवकाश दाबी भुक्तानीअन्तर्गत १ लाख ३४ हजार ६२६ जनालाई ८ अर्ब ४० करोड रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

Read More