नेपाल राष्ट्र बैंकले केही समयअघि गरेको एक अध्ययनले यहाँ डिजिटल मुद्रा चलाउन सम्भव रहेको बताएको थियो।
हाल यस्तो मुद्रा प्रचलनमा कसरी ल्याउन सकिन्छ भनेर राष्ट्र बैंकले अध्ययन सुरू गरेको छ।
विश्वका विभिन्न मुलुकका केन्द्रीय बैंकहरूले नियमनको दायरामा रहेका डिजिटल मुद्रा सेन्ट्रल बैंक डिजिटल करेन्सी (सिडिबीसी) जारी गर्ने तयारी गरिरहेका छन्।
हालै मात्र राष्ट्र बैंकले पनि ब्लक चेन प्रणालीमा आधारित हुने गरेर डिजिटल मुद्रा निर्माणको आधारभूत अनुसन्धान गर्न काठमाडौं विश्वविद्यालयबाट पाँच जना विद्यार्थी छनोट गरेको छ।



