सुनको कोटा दुरुपयोगबारे आन्तरिक छानबिनको माग, गुप्ता भन्छन्, ‘संघले होइन, राज्यले गर्नुपर्छ’


  • Himalayan Bank Limited (HBL)
सुनको कोटा दुरुपयोगबारे आन्तरिक छानबिनको माग, गुप्ता भन्छन्, ‘संघले होइन, राज्यले गर्नुपर्छ’

सुनको कोटा दुरुपयोग भएको विषयमा नेपाल रत्न तथा आभूषण संघमा आन्तरिक छानबिन समिति गठनको माग भएको छ । संघका उपाध्यक्ष निर्मलज्योति तुलाधरले वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले कोटा दुरुपयोगको विषय उठान गरेको र यसमा आफ्नो समेत संलग्नता छ भनेर किटान गरेको भन्दै आन्तरिक छानबिन समिति गठन गर्न माग गरेका हुन् ।

गुप्ताले उठाएको विषयले आफ्नो सामाजिक र व्यवसायिक प्रतिष्ठामा आँच आएको भन्दै उपाध्यक्ष तुलाधरले यस सम्बन्धमा छानबिन गर्न संघले समिति बनाउनुपर्ने माग गरेका हुन् । उनले संघका अध्यक्ष सुमनमान ताम्राकारलाई पत्र लेखेरै वरिष्ठ उपाध्यक्ष गुप्ताले आफू र आफ्नो परिवारका सदस्यको नाममा रहेका कम्पनी तथा फर्मप्रति लक्षित गर्दै कोटा दुरुपयोग र तस्करीको आरोप लगाएकाले यसबारे आन्तरिक छानबिन हुनुपर्ने माग गरेका छन् । 

Read More