नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।
सोमबार बिहान १२:०१ बजेदेखि लागू हुनेगरि निगमले पेट्रोलको भाउ प्रतिलिटर चार रुपैयाँले बढाएको हो । भारतीय आयल कर्पोरेसनले बढेको मूल्यसूची पठाएपछि सोही अनुसार आयल निगमले पनि मूल्य समायोजन गरेको हो । आयल निगमले हरेक १५ दिनमा नयाँ मूल्यसूची प्राप्त गर्ने गर्दछ । नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ४.४६ रुपैयाँ बढेर आएको छ भने डिजेल र मट्टीतेल ०.३९ रुपैयाँ घटेर, हवाई इन्धन ०.३८ घटेर तथा सिलिन्डर २७.४४ रुपैयाँ घटेर आएको छ ।



