लगानी सम्मेलन–२०२४ को लागि जुट्दै नियोगहरू


  • Himalayan Bank Limited (HBL)
लगानी सम्मेलन–२०२४ को लागि जुट्दै नियोगहरू

काठमाडौँ — सरकारले गर्न लागेको तेस्रो लगानी सम्मेलन–२०२४ को पूर्वतयारीमा विदेशस्थित नेपाली नियोगहरू पनि जुटेका छन् । पूर्वतयारी स्वरुप कुनै नियोगहरूले प्रि–समिट कार्यक्रम गरिसकेका छन् भने केहीले सम्बन्धित मुलुकमा रहेका व्यापारी तथा व्यवसायीहरूसँग भेटवार्ता गरिरहेका छन् । साथै केही नियोगहरू अझै कार्यक्रम गर्ने तयारीमा समेत छन् ।

तेस्रो लगानी शिखर सम्मेलन आगामी वैशाख १६ र १७ मा काठमाडौंमा हुँदैछ । उक्त सम्मेलनलाई नै मध्यनजर राखेर गत शुक्रबार अर्थमन्त्री वर्षमान पुनले विदेशस्थित नेपाली नियोगका प्रमुख तथा राजदूतहरूसँग भर्चुअल बैठक गरका थिए । नेपालको अहिले विदेशमा ३० दूतावास छन् भने पोर्चुगलमा थप एक दूतावास खोल्ने तयारी छ । नेपालको ७ ओटा महावाणिज्यदूतावास छन् । नेपालको तीनवटा संयुक्त राष्ट्र संघको लागि स्थायी नियोग छन् ।

Read More