बजेट लेखन सुरु, अत्यावश्यकबाहेक भेटघाट बन्द


  • Himalayan Bank Limited (HBL)
बजेट लेखन सुरु, अत्यावश्यकबाहेक भेटघाट बन्द

काठमाडौं : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु भएको जनाएको छ। मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले मन्त्रालयले अत्यावश्यकबाहेक भेटघाटका लागि नआइदिन आग्रह पनि गरेको छ। 

अर्थमन्त्री वर्षमान पुन अनन्तले शुक्रबार सहसचिव धनिराम शर्मा नेतृत्वमा बजेट मस्यौदा लेखन समिति गठन गरेका थिए। समितिमा सहसचिचवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन्। 

Read More