राजश्व अनुसन्धान विभागद्वारा काेटिभिटी विरुद्ध ५ अर्ब बढी राजश्व छली गरेको कसुरमा मुद्दा दायर


  • Himalayan Bank Limited (HBL)
राजश्व अनुसन्धान विभागद्वारा काेटिभिटी विरुद्ध ५ अर्ब बढी राजश्व छली गरेको कसुरमा मुद्दा दायर

राजश्व अनुसन्धान विभागले एक कम्पनी विरुद्ध ५ अर्ब बढी राजश्व छली गरेको कसुरमा मुद्दा दायर गरेको छ । विभागले आइतबार उच्च अदालत पाटनमा नेपालमा रहेकाे एक अमेरिकी सफ्टवेयर खरिद बिक्री गर्ने कम्पनीमाथि राजश्व छलेकाे आरोपमा मुद्दा दायर गरेको हाे ।

विभागले हात्तीसारमा रहेको "कोटिभिटी" नामक कम्पनीसँग कुल १० अर्ब ३६ करोड ४५ लाख रुपैयाँ मागदाबी समेत गरेकाे छ । विभागले कम्पनीमाथि ५ अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रुपैयाँ बिगो र त्यसको दोब्बर सजाय समेत कुल १० अर्ब ३६ करोड ४५ लाख रुपैयाँ मागदाबी गरेकाे हाे ।

Read More