अनलाइन मार्फत ठगी गर्ने चिनियाँ गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
अनलाइन लोटरी, अनलाइन सपिङ जस्ता विभिन्न प्रलोभन देखाई नेपाली तथा विदेशी व्यक्तिहरूलाई ठगी गर्दै आएका उनीहरुलाई प्रहरीले पर्साबाट नियन्त्रणमा लिएको हो । उनीहरुले वीरगन्ज क्षेत्रमा व्यवस्थित कल सेन्टरकै शैलीमा ठगी गतिविधि चलाएको अनुमान गरिएको छ ।



