सिंगटी हाइड्रोले ५१ प्रतिशत लगानी गरेको हेवा खोला ए को निर्माण ५० प्रतिशत पूरा, १ वर्षभित्र सम्पन्न हुने


  • Himalayan Bank Limited (HBL)
सिंगटी हाइड्रोले ५१ प्रतिशत लगानी गरेको हेवा खोला ए को निर्माण ५० प्रतिशत पूरा, १ वर्षभित्र सम्पन्न हुने

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको ५१ प्रतिशत लगानी रहेको हेवा खोला ए जलविद्युत आयोजनाको निर्माण करीब ५० प्रतिशत पूरा भएको छ । आयोजनाको निर्माण गत असारबाट मात्रै शुरु भएको थियो भने आगामी माघभित्र सम्पन्न हुने अनुमान गरिएको छ ।

ह्याविटाट पावर कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको ९.९ मेगावाट क्षमताको आयोजना पाँचथरस्थित हेवा खोलामा निर्माणाधीन छ । आयोजनाको निर्माण शुरु भएको ९ महीना नपुग्दै करीब ५० प्रतिशत निर्माण पूरा भएको आयोजना निर्देशक मधुसूदन पौड्यालले जानकारी दिए ।

Read More