काठमाडौं : उच्च ब्याजदर र मुद्रास्फीति रहेको पाकिस्तानको सेयर बजार भने अल टाइम हाई विन्दुमा पुगेको छ । पाकिस्तान स्टक एक्सचेन्जको बेन्चमार्क ‘केएसइ १००’ अहिले अल टाइम हाई विन्दुमा पुगेको टेड्रिङ इकोनोमिक्सले जनाएको छ । हाल सूचक ६७ हजार विन्दुमा पुगेर बन्द भएको छ । यसअघि गत डिसेम्बर १२ मा बनाएको ६६ हजार ४२६ को विन्दुको अल टाइम हाईलाई ब्रेक गरेर सूचक ६७ हजारमा पुगेको हो ।





