कर प्रणाली सुधार समितिले अर्थमन्त्रीलाई बुझायो प्रतिवेदन


  • Himalayan Bank Limited (HBL)
कर प्रणाली सुधार समितिले अर्थमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौँ । कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई अन्तिम प्रतिवेदन बुझाएको छ । समितिले अर्थमन्त्री वर्षमान पुनलाई आइतबार प्रतिवेदन हस्तान्तरण गरेको हो ।

समितिले ६ महिना लगाएर २ सय ५८ पृष्ठ र १ सय ४० अनुसूची समेटिएको प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनले राजश्व परिचालनमा वृद्धि, नयाँ रोजगारी सिर्जना तथा सार्वजनिक वित्तको सबलीकरणका लागि विभिन्न सुझावहरू समेटेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। प्रतिवेदनमा करसम्बन्धी कानुन, करका दर, कर प्रशासन, राजश्व संरचनासहित अर्थतन्त्रका विविध विषयमा सुझाव उल्लेख गरिएको छ ।

Read More