सहकारी ठगीबारे प्रधानमन्त्री र प्रहरी प्रमुखको जवाफले संशय पैदा भयो : कांग्रेस


  • Himalayan Bank Limited (HBL)
सहकारी ठगीबारे प्रधानमन्त्री र प्रहरी प्रमुखको जवाफले संशय पैदा भयो : कांग्रेस

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने माग गरेको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेसको तर्फबाट धारणा राखेका सांसद सञ्जय गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले सहकारी ठगीको विषयमा दिएका अभिव्यक्तिले संशय पैदा गरेको बताए ।

सांसद गौतमले उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि कानुनी र नैतिक प्रश्न उठेको बताए । प्रधानमन्त्रीले ठूला भ्रष्टाचार र अनियमिततामा संलग्नहरूलाई जोगाएर सुशासनको कुरा गरिरहेको पनि उनको भनाइ थियो । 'प्रतिपक्षले बारम्बार उठाइरहेका कुराहरू गम्भीर छन् । प्रधानमन्त्रीको जवाफ र प्रहरी प्रमुखको जवाफ र विकसित घटनाक्रमहरूले संशय पैदा भएका छन् कि यसको न्याय निरुपण कसरी हुन्छ ? प्रधानमन्त्रीले ठूलो माछाको छानबिन गर्छु भन्ने अनि ठूलो माछा काखीमा च्यापेर साना माछाको मात्रै खोजी गर्ने कुरा प्रतिबद्धता देखाएर मात्रै पुग्छ ?', उनले भने । प्रधानमन्त्री र प्रहरी प्रमुखले सहकारी ठगीमा गृहमन्त्री लामिछानेलाई क्लिन चिट दिन खोजेको भन्दै उनले असन्तुष्टि जनाए ।

Read More