साँढे ५५ अर्बमा ३४१ मेगावाटको बुढीगण्डकी आयोजना निर्माण गर्दै टाइम्स इनर्जी, पीपीए तय हुँदै


  • Himalayan Bank Limited (HBL)
साँढे ५५ अर्बमा ३४१ मेगावाटको बुढीगण्डकी आयोजना निर्माण गर्दै टाइम्स इनर्जी, पीपीए तय हुँदै

टाइम्स इनर्जी प्रालीले बनाउने बुढीगण्डकी जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री दर (पीपीए) निर्धारण गर्न सार्वजनिक सुनुवाई हुने भएको छ । विद्युत नियमन आयोगले आगामी चैत्र २० गते सार्वजनिक सुनुवाई गर्न लागेको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा विद्युत नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंह, आयोगका सदस्यहरु भागीरथी भट्टराई ज्ञवाली, र गौतम डंगोल  उपस्थित हुने छन् । त्यस्तै नेपाल विद्युत प्राधिकरणको तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र निर्देशक रञ्अजन ढकाल उपस्थित हुने छन्। प्रबर्दक कम्पनी टाइम्स इनर्जीको तर्फबाट अध्यक्ष दिपक मलहोत्रा, संचालक चन्द्रमणि बास्कोटा,  लगायत अन्य उच्च तहका कर्मचारी उपस्थित हुने आयोगले जनाएको छ । 

Read More