सर्वोत्तम सिमेन्टको सेयरमा नेगेटिभ सर्किट


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सर्वोत्तम सिमेन्टको सेयरमा नेगेटिभ सर्किट

काठमाडौं : सूचीकरण पछिको ७ कारोबार दिन लगातार १० प्रतिशत बढेको सर्वोत्तम सिमेन्टको सेयर भाउमा आज भने घटेको छ । आज आइतबार (चैत १८ गते) यो समाचार तयार पार्दै गर्दा (१२ बजेर ७ मिनेट) प्रतिकित्ता सेयर भाउ ९.९९ प्रतिशत घटेर ९७४ रुपैयाँ ५० पैसा कायम भएको छ ।  

बिक्री चाप बढेसँगै सेयरमा गिरावट आएको हो । चैत ६ गतेदेखि कारोबारमा आएको सर्वोत्तमको ५५६ रुपैयाँमा पहिलो कारोबार सुरु भएको थियो । त्यसयताका दिन भाउ ९६ प्रतिशतसम्म बढेर १०८३ रुपैयाँसम्म पुगेको थियो । अहिले सोही विन्दुबाट तल फर्किएको छ । 

Read More