शिथिल अर्थतन्त्रः निराशामा आशा


  • Himalayan Bank Limited (HBL)
शिथिल अर्थतन्त्रः निराशामा आशा

देश दोहन गर्न सिपालुहरूले सत्ताको लुछाचुँडी गर्न छोडेका छैनन् । स्रोत र साधनलाई एकलौटी प्रयोग भइरहेको सन्दर्भमा नयाँ–नयाँ नाराहरू पनि थपिँदै छन् । एक वर्षमा तीनपल्ट परिवर्तन हुने देशमा भर्खरै सत्ताको नयाँ समीकरण भएको छ र उसले नयाँ नारा पनि दिएको छ— निराशा चिर्ने, भरोसा जगाउने भनेर ।

स्वादिष्ट नारामा रुमल्लिएको अर्थतन्त्र भने पूरै शिथिल छ, वर्षौं भयो यो शिथिल भएको, सक्रिय हुने छाँट छैन । बजारमा तरलता धेरै हुँदा राष्ट्र बैंक भने पैसा आफूतिर तान्दै छ । सत्ता गठबन्धनको साझा एजेन्डा बाहिर आएको छ, शब्दावलीहरूमा तलमाथिबाहेक आशा गर्न लायक केही छैन, उही पुराना ढर्राहरू । दर्जन बढी क्षेत्रले प्राथमिकता पाउने भन्दै गरिँदा अर्थमन्त्रीले अबको बजेट व्यवहारमुखी हुँदै स्रोत, साधन र सीमामा रहेर सन्तुलित आउने र देशले ठूलै भरोसा पाउने भन्दै संसद्को अर्थ समितिमा स्पष्टीकरण दिएका छन् । हालसम्मको कल्पनाको बजेट यथार्थपरक नभएको सन्दर्भमा अब पनि २० खर्ब बढीको ठूलो आकारको बजेट आउन सक्ने भन्दै विश्लेषकहरू भने चिन्ता प्रकट गर्दै छन् ।

Read More