काठमाडौँ । छिमेकी तथा दातृ राष्ट्रले विभिन्न कार्यक्रमका नाममा रकम सहयोग गर्ने प्रतिबद्धता जनाउँछन् । तर, कतिपय प्रतिबद्धता कागजमै सीमित हुने गरेका छन् ।
चीनले उत्तरी क्षेत्र पूर्वाधार विकास तथा जीवनस्तर सुधार कार्यक्रममा बर्सेनि ४९ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे पनि चार वर्षदेखि रकम पठाएको छैन । नेपाल सरकारको अर्थ मन्त्रालय र चीन सरकारले २०७५ मा यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।



