अडलट कारोबारमा लगानीकर्ताले भोग्नु परेको दु:ख, नेप्सेले निराकरण गर्न नसकेको ठूलो समस्या र सामाजिक सञ्जालको सहारा


  • Himalayan Bank Limited (HBL)
अडलट कारोबारमा लगानीकर्ताले भोग्नु परेको दु:ख, नेप्सेले निराकरण गर्न नसकेको ठूलो समस्या र सामाजिक सञ्जालको सहारा

सुवास निरौला

गत बिहीबार सामाजिक सञ्जाल फेस बुकमा बनेको “नेप्से २४” नामक पेजमा अडलट सम्बन्धी पोस्ट गरियो। जुन पोस्ट सुमन भन्ने सदस्यले गरेका थिए। उनले आफ्नो पोस्टमा “सेल अन डिस्काउन्ट प्राइस अडलट नेष्डो ३ कित्ता@ १६८०” लेखेका छन्।

दायातिर रहेको यस्तो पोस्ट सुमनले मात्रै राख्नु पर्ने बाध्यता होइन, अडलट शेयर हुनेले कारोबार गर्दा सबैले यस्तै केही न केही उपाय लाउनै पर्ने बाध्यता नेपाली शेयर बजारमा विद्यमान छ। जबदेखि अनलाइनबाट शेयर कारोबार सुरु भएको हो, त्यही बेलादेखि यही बाध्यता छ। किनकि अडलट शेयर किनबेच गर्न अहिले सहज अवस्था छैन। किन्ने र बेच्ने दुवै मानिस पक्का भएपछि मात्रै अडलट शेयर कारोबार हुन्छ। नेप्सेको ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा अडलट सेसन उपलब्ध छ। उक्त सेसनमा गएर अडलट (अडलट कारोबार भनेको १० कित्ता भन्दा मुनिको शेयर कारोबार हो। नियमित सेसनमा १० कित्ता भन्दा बढी कारोबार हुन्छ भने अडलटमा भने १० कित्ता मुनिको कारोबार हुन्छ) कारोबारको खरिद बिक्री आदेश दाखिला गर्न सकिन्छ। खरिद/बिक्री आदेश दाखिला गर्न सकिए पनि त्यो सबैले देख्ने गरी आउँदैन। जसले आदेश दाखिला गरेको हो उसैले मात्रै देख्न पाउँछ। किन्न चाहने वा बेच्नेले हालेको मूल्य मिल्यो भने अकस्मात् कारोबार हुन्छ। त्यसमा कारोबार गर्नको लागि किन्ने बेच्ने मिल्नु पर्छ। त्यसको लागि कि त आफैले किन्ने मान्छे खोज्नु पर्छ नत्र सुमनले अपनाए जस्तै कुनै विधि मार्फत विज्ञापन गर्नु पर्ने हुन्छ। नत्र सहजै कारोबार गर्न सम्भव छैन।

Read More