भूमही-भैरहवामा थपिँदै उद्योग


  • Himalayan Bank Limited (HBL)
भूमही-भैरहवामा थपिँदै उद्योग

परासी — पश्चिम नवलपरासीको भुमहीबाट रूपन्देहीको भैरहवा जोड्ने सडक खण्ड हुँदै यात्रा गर्दा जोसुकैलाई दायाँबायाँ उद्योग देखेपछि औद्योगिक करिडोरको सम्झना आउँछ । पहिले भैरहवा–लुम्बिनी खण्डमा मात्रै ठूला उद्योग स्थापना हुन्थे । एक दशकयता ठूला लगानीकर्ताको ध्यान भुमही–भैरहवा खण्डमा केन्द्रित छ । नयाँ औद्योगिक करिडोरमा प्रत्येक वर्ष उद्योग थपिने क्रम जारी छ । 

केही उद्योग निर्माणको चरणमा पनि छन् । खेतको बीचबीचमा रहेका स्वदेशी तथा बहुराष्ट्रिय उद्योगले यो क्षेत्रको आर्थिक एवं सामाजिक विकासको गति बढाइरहेका छन् । बिहान–बेलुका श्रमिकहरू साइकलमा उद्योगतर्फ जाँदै गरेको लस्कर हेर्नलायक हुन्छ । यो खण्डको पश्चिम नवलपरासीमा अहिलेसम्म औद्योगिक क्षेत्र निर्माण भएको छैन । तर औद्योगिक क्षेत्रमा भन्दा पनि बढी उद्योग खुल्ने क्रम जारी छ । सानादेखि ठूला उद्योगहरूको आकर्षण बढ्दो छ । थप नयाँ उद्योगका लागि भौतिक पूर्वाधारको काम धमाधम भइरहेको छ भने दर्जनौं उद्योगले जग्गा खरिद गरेर राखेका छन् ।

Read More