खानी नै खानी तर केही नगर्ने बानी


  • Himalayan Bank Limited (HBL)
खानी नै खानी तर केही नगर्ने बानी

नेपालमा पानीमात्रै प्रशस्त छैन, सुन पनि छ । पानी पनि त्यसै बगेर बंगालको खाडी पुग्छ । बगेको पानी खेतबारी उकाल्ने व्यवस्था छैन । खेतबारी बाँझै हुन्छन् । नेपालका ठाउँठाउँमा नुनदेखि सुनखानीसम्म पत्ता लागेको छ । कुनै बेला हिमाली क्षेत्रको नुन नेपालीका भान्छामा हुन्थ्यो, अचेल आयातित हुन्छ । फलाम खानी र तामाखानी नेपालका थुप्रै गाउँको नाम पनि हो । किनभने त्यहाँ तामा र फलाम खानी थिए र छन् । परम्परागत सीपका आधारमा तामा निकालेर भाँडा बनाउने चलन जसै विस्थापित भयो ती खानीहरू त्यसै रहे । फलामको उत्खनन गरेर नेपालका गाउँघरमा बनाएका फलामे साङ्लाका पुल र साँघुहरू अझै चुँडिएका छैनन् । इतिहास जीवित छ ।

Read More