यो साता करीब ८ अर्बले घट्यो कारोबार रकम, लगानीकर्ताले २० अर्बभन्दा बढी गुमाए


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
यो साता करीब ८ अर्बले घट्यो कारोबार रकम, लगानीकर्ताले २० अर्बभन्दा बढी गुमाए

काठमाडौं । यो साता नेप्से परिसूचकसँगै बजारका महत्त्वपूर्ण सूचकहरू गत साताको तुलनामा घटेका छन् । यो साता धितोपत्र बजारको समग्र कारोबार मापक नेप्से परिसूचक गत साताको तुलनामा शून्य दशमलव ६३ प्रतिशत अर्थात् १२ दशमलव ९३ अंकले घटेको छ । 

यो साता एक दिन सार्वजनिक बिदा परेकाले चार दिन मात्र बजार खुला भएको थियो । चार कारोबार दिनमा पहिलो कारोबार दिन १७ दशमलव शून्य १ अंक घटेको बजार दोस्रो दिन १० दशमलव १४ अंक बढेको थियो । त्यस्तै तेस्रो दिन १० दशमलव ८३ अंकले घटेको बजार चौथो दिन ४ दशमलव ७८ अंकले बढेर बन्द भएको छ । 

Read More