निर्माण व्यवसायीले सरकारबाट छिटो भुक्तानी पाउनुपर्छ : महासंघ अध्यक्ष ढकाल


  • Himalayan Bank Limited (HBL)
निर्माण व्यवसायीले सरकारबाट छिटो भुक्तानी पाउनुपर्छ : महासंघ अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निर्माण व्यवसायीहरुले सरकारबाट आफ्नो भुक्तानी चाँडै पाउनुपर्ने धारणा व्यक्त गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघको हेटौडामा आयोजना भएको २५औ वार्सिकोत्सवमा बोल्दै अध्यक्ष ढकालले यस्तो धारणा राखेका हुन् ।

उनले देशको विकासका लागि पूर्वाधार विकास सबैभन्दा महत्वपूर्ण पक्ष हो भन्ने कुरा सरकारले बुझ्नुपर्ने बताए । सरकारले निर्माण व्यवसायीको ६० अर्बभन्दा बढी भुक्तानी दिनुपर्ने दायित्व बाँकी छ ।

Read More