‘देशको अर्थतन्त्र सुध्रिसक्यो, संकटमा छैन’- प्रधानमन्त्री प्रचण्ड


  • Himalayan Bank Limited (HBL)
‘देशको अर्थतन्त्र सुध्रिसक्यो, संकटमा छैन’- प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अर्थतन्त्र संकटमा नरहेको दाबी गरेका छन् । हेटौँडामा सुरु भएको निर्माण व्यवसायी महासंघको २५औँ साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले बाहिर चलेको हल्लाजस्तो देशको अर्थतन्त्र संकटमा नरहेको दाबी गरेका छन् ।

‘अघिल्लो वर्ष यही समयमा देशको अर्थतन्त्र कमजोर अवस्थामा थियो ।’, प्रधानमन्त्री प्रचण्डले भने, ‘तर, अहिले अर्थतन्त्र धेरै सुध्रिसक्यो । अहिले देशको अर्थतन्त्र संकटमा छैन ।’

Read More