अर्बौं रकम लगानी गरेका मेडिकल कलेज सञ्चालक यसकारण २०८५ साल पर्खिन बाध्य


  • Himalayan Bank Limited (HBL)
अर्बौं रकम लगानी गरेका मेडिकल कलेज सञ्चालक यसकारण २०८५ साल पर्खिन बाध्य

काठमाडौँ । सर्वोच्च अदालतले हालै दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजलाई शैक्षिक कार्यक्रम अगाडि बढाउने बाटो खुला गरिदियो । सर्वोच्चको आदेशसँगै मेडिकल कलेजलाई सम्बन्धन दिन र सञ्चालन गर्ने बाटो खुलेको छ । तर, तत्कालै सञ्चालनमा आउने सम्भावना भने न्यून छ ।

बी एन्ड सी मेडिकल कलेजसँगै अन्य १३ वटा मेडिकल कलेजले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट मनसाय पत्र (एलओआई) लिएर बसेका छन् । उनीहरूले एमबीबीएस, बीडीएस लगायतका मेडिकल शैक्षिक कार्यक्रम सञ्चालनका लागि माग गर्दै आएका हुन् । तर, ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५’ अनुसार उनीहरूले २०८५ सम्म सञ्चालनको अनुमति पाउने छैनन् ।

Read More