बुढीगण्डकी आयोजना प्रभावितलाई बाँडियो ४३ अर्ब मुआब्जा


  • Himalayan Bank Limited (HBL)
बुढीगण्डकी आयोजना प्रभावितलाई बाँडियो ४३ अर्ब मुआब्जा

गोरखा — १२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना प्रभावितलाई ४३ अर्ब रुपैयाँ मुआब्जा बाँडिसकिएको छ । डुबान क्षेत्रमा पर्ने जग्गा र संरचनाको मुआब्जाबापत करिब ४३ अर्ब मुआब्जा वितरण गरिसकिएको बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जगतकुमार श्रेष्ठले बताए । झन्डै ९५ प्रतिशत मुआब्जा बाँडिसकिएको कार्यालयले जनाएको छ ।

‘केही छुटेका तथा विभिन्न समस्याले रकम नपाएकालाई मात्र मुआब्जा वितरण बाँकी छ,’ श्रेष्ठले भने, ‘छिट्टै बाँकीलाई पनि मुआब्जा वितरण गर्ने तयारी भइरहेको छ ।’

Read More