काठमाडौं । पछिल्लो समय बाणिज्य बैंकहरुको शेयर मूल्य निकै तल्लो विन्दुमा रहेको छ । यस्तो अवस्थामा दिर्घकालिन अथवा अल्पकालिन लगानीकर्तालाई लगानीको अवसर हुने गर्दछ ।
शेयर बजारमा लगानी गर्नुपूर्व कम्पनीको आधारभूत पक्ष र प्राविधिक पक्षलाई राम्रोसँग केलाएर लगानी गरेमा भविष्यमा राम्रो प्रतिफल प्राप्त हुने गर्दछ । आधारभूत पक्षमा एक महत्वपूर्ण सूचक पीबी रेशियो (मूल्य र किताबी मूल्य अनुपात) हो । यो अनुपात हालको बजार मूल्यलाई प्रतिशेयर नेटवर्थ अथवा किताबी मूल्यले भाग गरेर निकालिन्छ ।





